नियम ४६
वन्यजन्तुको व्यवस्थापन
(१) संरक्षण क्षेत्रमा संरक्षित वन्यजन्तु बाहेक अन्य वन्यजन्तुको संख्यामा वृद्धि भई स्थानीय उपभोक्ताको कृषि वाली, पशुधन क्षति गर्ने अवस्था देखिएमा सम्बन्धित प्रजातिको वस्तुस्थिति अध्ययनबाट कोटा निर्धारण गरी त्यस्ता वन्यजन्तुको व्यवस्थापनको लागि स्थानहरू तोकी व्यावसायिक शिकार गराउन परिषद्ले विभागमा सिफारिस पठाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम व्यावसायिक शिकारको लागि वन्यजन्तु र तिनीहरूको संख्या (कोटा) तोक्दा परिषद्ले संरक्षण अधिकृतको राय सुझाव लिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पठाइएको सिफारिसको आधारमा विभागले प्रजाति,स्थान र संख्या खोली शिकार अनुमति पत्र दिन सक्नेछ ।
(४) शिकारसम्बन्धी दस्तुर, पुरक शिकार अनुमतिपत्र दस्तुर र अन्य व्यवस्था राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० बमोजिम हुनेछ ।
(५) उपनियम (३) बमोजिम शिकार अनुमतिपत्र दिएवापत प्राप्त हुने रकमको पचास प्रतिशत रकम विभागले परिषद्को कोषमा जम्मा गर्नेछ ।